Select Language:


Log In Email

Notice & Events

PRT (Peer Review Team) Pre- Assessment Visit

2076/5/14

वरिष्ठ प्राध्यापक तथा पूर्व उपकुलपति डाक्टर जयराज अवस्थीले कपिलवस्तुको सिद्धार्थ क्याम्पस अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणीकरणको निकट रहेको बताउनु भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तरर्गतको ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद’ द्वारा गठित ‘समकक्षी परीक्षण टोली’ (पिआरटी)का संयोजक डा.अवस्थीले अधिकांस मापदण्डहरु पुरा गरिसकेकाले अब निकट भविश्यमै क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्युएए) प्रमाण पत्र प्राप्त गर्न सक्ने जानकारी दिनु भयो ।
सिद्धार्थ क्याम्पसको प्रारम्भिक मूल्याङ्कनकोलागि क्याम्पसमा आएको डा.अवस्थी नेतृत्वको टोलीले भाद्र ११, १२ र १३ गते तीन दिनसम्म क्यूएएका ८ वटा क्षेत्र अन्तरर्गतका १ सय २० वटा सुचकहरुको आधारमा क्याम्पसको मूल्याङ्कन गरेको थियो । टोलीले क्याम्पसको प्रत्यक्ष अवलोकन तथा अध्ययन गर्नुका साथै क्याम्पसका विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी, प्रशासक(क्याम्पस प्रमुख) तथा सञ्चालक समितिसंग छुट्टाछुट्टै छलफल तथा अन्तक्र्रिया गरी क्याम्पसको यथार्थ अवस्था पहिचान गरेको थियो ।
आफ्नो तीन दिने अध्ययनको प्रतिवेदन शुक्रबार सरोकारवालाहरुको बीचमा सार्वजनिक गर्दै डा.अवस्थीले क्याम्पसका अधिकांस पक्षहरु सबल रहेपनि क्युएए प्रमाणीकरणकोलागि केहि महत्वपूर्ण पक्षहरुमा भने सुधार गर्नु पर्ने औंल्याउनु भएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेल र क्याम्पस प्रमुख खेमराज शर्मालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै डा.अवस्थीले क्याम्पसका हरेक पक्षलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउनु पर्नेमा जोड दिंदै पुस्तकालयको स्तरोन्नती गरि इ–लाईब्रेरीको विकास गर्नु पर्ने, क्याम्पसको वेवसाईट एवं सफ्टवयरलाई व्यवस्थित बनाउनु पर्ने, चमेना गृहको सुधार गर्नु पर्ने, प्राध्यापकको योग्यता अभिबृद्धि गर्नु पर्ने, अनुसन्धान कार्यलाई व्यवस्थित बनाउनु पर्ने, क्याम्पस विकासको गुरु योजना बनाउनु पर्ने लगाएतका महत्वपूर्ण सुभावहरु दिनु भएको थियो ।
डा. अवस्थीले क्याम्पसले निकै ठुलो सम्भावना बोकेको बताउदै भविश्वयमा एउटा छुट्टै पहिचान सहितको विश्व विद्यालयको रुपमा समेत विकास गर्न सकिने प्रसस्त आधार क्याम्पसमा रहेको समेत औंल्याउनु भयो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश ५का सांसद विष्णु पन्थीले सिद्धार्थ क्याम्पस जिल्लाको उत्कृष्ट क्याम्पस रहेको बताउदै आगामी दिनमा क्यूएए प्रमाण पत्र दिलाएर प्रदेश ५को नमूना क्याम्पस र राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाको सूचीमा सूचीकृत गर्ने गरि सहयोग गर्न आफु पूर्ण प्रतिवद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टाराईले क्याम्पसको गुणस्तर अभिबृद्धिकालागि नगरपालिकाले सदैब सहयोग गर्ने बताउनु भयो । त्यस्तै सरोकारवालाहरुको तर्फबाट बोल्दै क्याम्पसका पूर्व प्राध्यापक एवं वरिष्ठ पत्रकार भेषराज पाण्डेले क्याम्पसले विगतदेखि नै गुणस्तरिय शिक्षा दिन सफल भएकाले अब छिट्टै क्यूएए प्रमाणीकरण हुने विस्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्यूएए फोकल पर्सन क्याम्पसका उप प्राध्यापक गोविन्द प्रसाद खनालले डा.अवस्थीको टोलीले दिएका सुझावहरु अनुसार आगामी कार्तिक मसान्तसम्ममा सम्पूर्ण तयारी पुरा गरेर मंसिर महिनामा अन्तिम मूल्याङ्कन गराई क्याम्पसलाई क्यूएए प्रमाणीकरण गराउने जानकारी दिनु थियो ।

Back to top